• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

काठमाडाैंमा आजदेखि फाइजर खोपको दोस्रो डाेज लगाइँदै

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडाैं महानगरपालिकामा आजदेखि काेभिड-१९ विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज लगाइँदैछ ।

 

आजदेखि फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो डाेज लगाउने कार्यक्रम सञ्चालन रहेकाे काठमाडौं महानगरपालिकाले जनाएकाे छ । जिल्ला खोप समन्वय समिति काठमाडौंको माघ २० गतेको निर्णयअनुसार महानगरले फाइजरको दोस्रो डाेज खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ ।

शनिबार बाहेक बिहान १० देखि अपरान्ह ४ बजेसम्म ताेकिएका वडा तथा खाेप केन्द्रमा गएर खाेप लगाउन सकिने महानगरले जनाएकाे छ । पहिलाे डाेज खाेप लगाएकाे खाेप कार्ड लिएर खाेप केन्द्रमा जान पनि महानगरले अनुराेध गरेकाे छ ।

प्रतिकृया दिनुहोस