काठमाडाैंमा भोलिदेखि फाइजर खोपको दोस्रो डाेज लगाइने
काठमाडौं । काठमाडाैं महानगरपालिकामा भाेलिदेखि काेभिड-१९ विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज लगाइने भएकाे छ ।
भाेलि देखि फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो डाेज लगाउने कार्यक्रम सञ्चालन गरिने काठमाडौं महानगरले जनाएकाे छ । जिल्ला खोप समन्वय समिति काठमाडौंको माघ २० गतेको निर्णयअनुसार महानगरले फाइजरको दोस्रो डाेज खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको महानगरले सूचनामार्फत जानकारी दिएकाे छ ।
शनिबार बाहेक बिहान १० देखि अपरान्ह ४ बजेसम्म ताेकिएका वडा तथा खाेप केन्द्रमा गएर खाेप लगाउन सकिने महानगरले जनाएकाे छ । पहिलाे डाेज खाेप लगाएकाे खाेप कार्ड लिएर खाेप केन्द्रमा जान पनि महानगरले अनुराेध गरेकाे छ ।



प्रतिकृया दिनुहोस