खोप लगाएका सबै व्यक्तिको विवरण माघ २१ सम्म उपलब्ध गराउनू : स्वास्थ्य मन्त्रालय
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोपको विवरण माघ २१ गतेभित्र बुझाइसक्न निर्देशन दिएको छ ।
मन्त्रालयले यही माघ २१ गते अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो ।
काेभिड विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिको विवरण बुझाउन मन्त्रालयले साेमबार सूचनामार्फत निर्देशन दिएकाे हाे । माघ १६ गतेकाे मन्त्रीस्तरीय निर्णय अनुसार काेभिड-१९ विरुद्धकाे खाेप अभिलेख सम्बन्धमा छानबिन गर्न गठित पहिलाे बैठककाे निर्णयअनुसार मन्त्रालयले सराेकारवालाहरुलाई निर्देशन दिएकाे हाे ।
२४ लाख डाेज खाेप गायब भएपछि मन्त्रालयले छानबिन समिति बनाएर खाेप खाेज्न थालेकाे छ ।



प्रतिकृया दिनुहोस