५२९२ संक्रमित थपिए,८ जनाले ज्यान गुमाए
काठमाडाैं । नेपालमा थप ५ हजार २ सय ९२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभर १० हजार ३ सय ६८ जनाकाे पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ७२ जना र ५ हजार ७ सय २० जनाकाे एन्टिजेन परीक्षण गर्दा १ हजार ८ सय २० जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । परीक्षणकाे दायरा घटेसँगै केही दिन यता संक्रमितकाे संख्या पनि घट्दै गएकाे छ ।
गत २४ घण्टामा थप ८ हजार १ सय ९१ जना संक्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेको संख्या ८ लाख ६२ हजार ८ सय ९८ पुगेको मन्त्रालयले साेमबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।
गत २४ घण्टामा थप ८ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ७ सय ४३ पुगेकाेर मन्त्रालयले जनाएकाे छ ।नेपालमा हाल ७९ हजार २ सय ७२ सक्रिय संक्रमित छन् ।


प्रतिकृया दिनुहोस