• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

बैतडीका बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा दिन सुरु

समाचार

समाचार

बैतडी । बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ ।

बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो ।  

गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिनुभयो । सबै स्थानीय तहमा खोप पठाइएको छ । गत महिना ३२ हजारभन्दा बढी बालबालिकालाई मोडर्नाको पहिलो मात्रा दिइएको थियो । 

स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो । प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ । खोप लगाउन ३२ हजार डोजको व्यवस्था गरिएको भट्टले बताउनुभयो । जिल्लामा हालसम्म एक लाख ४० हजार दुई सय २५ जनाले खोपको पहिलो मात्रा तथा एक लाख ६ हजार दुई सय ५२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

कोभिडका कारण हालसम्म १९ जनाको ज्यान गएको छ ।  

– रासस
 

प्रतिकृया दिनुहोस