विद्यार्थीलाई खोप लगाउन आजदेखि विद्यालय खुल्दै
काठमाडाैं । आजदेखि माघ २० गतेसम्म देशभरका विद्यालय खुल्ने भएका छन् ।
विद्यार्थीहरुलाई काेभिड विरुद्धकाे खेाप लगाउनका लागि आजदेखि विद्यालय खाेल्न लागिएकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएकाे छ । पहिलो चरणमा खोप लगाउन छुटेका विद्यार्थीलाई खाेप दिन लागिएकाे हाे ।
मन्त्रालयले गत मंगलबार नै सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर विद्यार्थीलाई खाेप लगाउन मन्त्रालयले आग्रह गरेकाे छ । कोभिड-१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले काेभिड जाेखिम कायमै रहेकाे भन्दै माघ मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेकाे छ ।
काठमाडाैं उपत्यकामा माघ मसान्तसम्म नै विद्यालय बन्द रहने प्रशासनले जानकारी गराइसकेकाे छ ।


प्रतिकृया दिनुहोस