• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि वाणिज्य बैँकको सेवा बन्द

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप ।  कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि रामेछाप नगरपालिका–३ साँघुटार बजारको राष्ट्रिय वाणिज्य बैँकले सेवा बन्द गरेको छ ।

बैँकका दुई जना कर्मचारीमा बिहीबार कोभिड पुष्टि भएको थियो । कर्मचारीमा कोभिड पुष्टि भएपछि बैँकले शुक्रबारबाट सेवा बन्द गरेको हो ।  बैँकले एक सूचना जारी गरी अर्को सूचना नगरेसम्म सेवा सुचारु नहुने जनाएको छ ।   

रामेछाप र ओखलढुङ्गाको सिमानामा रहेको सो बैँकले  दुवै जिल्लाका नागरिकलाई सेवा दिँदै आएको थियो । अकस्मात् सेवा बन्द भएपछि शुक्रबार बैँकमा सेवा लिन पुगेका सेवाग्राही त्यतिकै फर्किएका थिए । सेवा केही दिन बन्द हुने बैँकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस