• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

काठमाडौं उपत्यकामा माघ भरि शैक्षिक संस्था बन्द, सार्वजनिक यातायातमा जोर बिजोर हट्यो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा माघ  मसान्तसम्म शैक्षिक संस्था, फिल्म हल तथा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी बैठकले सार्वजनिक बस, माइक्रो र टेम्पुमा लगाइएको जोर बिजोर प्रणाली भने हटाउने निर्णय गरेको छ ।  निजी सवारी साधन र ट्याक्सीमा भने जोर बिजोर प्रणाली नै लागु भएको छ ।

मानिसको जमघट हुने सबै खालको भेला, जुलुस तथा बैठकमा पनि प्रतिबन्ध लगाइएको छ । मानिसको भिडभाड हुने व्यवसायमा रोक लगाइएको छ ।

पार्टी प्यालेस तथा सपिङ मलमा खोप कार्ड देखाएर एक पटकमा २० जनासम्म भेला भई किनमेल गर्न पाउने छन् । अग्रपंतीमा रहेर काम गर्ने काउण्टरका कर्मचारीको हप्ताको दुई पटक एण्टिजेन परीक्षण गर्नु पर्ने व्यवस्था गरिएको छ । त्यसको व्यवस्था व्यवसाय सञ्चालन गर्ने संस्थाले गर्नुपर्ने छ ।
आदेश_20220128_0001.pdf

प्रतिकृया दिनुहोस