पाल्पा प्रशासनको सेवा स्थगित
रामपुर (पाल्पा) । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ ।
कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो । शान्ति, सुरक्षा, मुद्दा, विपत तथा महामारीजन्य संकट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।
आजदेखि यही माघ २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
–रासस


प्रतिकृया दिनुहोस