• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

८०१७ संक्रमित थपिए,१५ जनाले ज्यान गुमाए

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपालमा ८ हजार १७ जना काेभिड-१९ संक्रमित थपिएका छन् ।

देशभर १५ हजार ७ सय ३६ जनाकाे पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय १६ जना र ६ हजार ७२ जनाकाे एन्टिजेन परीक्षण गर्दा २ हजार २ सय १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५ हजार २ सय ९२ संक्रमित निको भएका छन् याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ८ लाख ३७ हजार ४ पुगेकाे छ  । गत २४ घण्टामा १५ जना संक्रमितकाे ज्यान गएको छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ६ सय ८७ पुगेकाे मन्त्रालयले जनाएकाे छ । 

नेपालमा हाल ९० हजार ५ सय ७६ जना सक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस