मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पिसीआर परीक्षण गराउनुभएको थियो ।
पिसीआर परीक्षण गर्दा उहाँलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिनुभयो ।
मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेशनमा रहनुहुने उहाँले जानकारी दिनुभयो ।
–रासस


प्रतिकृया दिनुहोस