• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

८४५४ संक्रमित थपिँदा ४४३३ जना निकाे भए

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपालमा थप ८ हजार ४ सय ५४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा देशभर १३ हजार ५ सय ४९ जनाकाे पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ७१ जना र ६ हजार ८ सय १० जनाकाे एन्टिजेन परीक्षण गर्दा २ हजार ८ सय ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या १० लाख ५४ हजार ८८ पुगेको छ ।

गत २४ घण्टामा थप ४ हजार ४ सय ३३ जना संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ८ लाख ३१ हजार ७ सय १२ पुगेकाे मन्त्रालयले बुधबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा थप ५ जना संक्रमितले ज्यान गुमाएका छन् । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ६ सय ७२ पुगेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा हाल ९० हजार ६७ जना सक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस