• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

‘नो खोप कार्ड नो सर्भिस’, ‘नो मास्क नो इन्ट्री’

समाचार

समाचार

जलेश्वर । जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ ।  

कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । 

प्रशासनले खोप नलिएकालाई सेवा नदिने र  सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै  तत्काल खोप लगाउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । अहिले जिल्ला प्रशासन कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमै खटिएका स्वास्थ्यकर्मीले खोप कार्ड रहे/नरहेको सोधीखोजी गर्छन् भने भएकालाई सेवा दिने र नभएकालाई त्यही प्राङ्गणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने गर्दछन् ।

यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले  कार्यालयमै खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको हो । 

–रासस
 

प्रतिकृया दिनुहोस