• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सबै नागरिकलाई सहज रुपमा खाेप उपलब्ध गराइयाेस् : तपबहादुर मगर

समाचार

समाचार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकासँग आग्रह गर्नुभएको छ ।

कोभिड-१९ को तेस्रो लहर (ओमिक्रोन) नियन्त्रणमा आयोगमा आज सरोकारवाला सँगको छललफलमा उहाँले खोप कार्डबिना सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा असर परेको हुँदा सहज खोप उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

अध्यक्ष मगरले सिटामोल लगायत औषधिको अभाव, सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्नसक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्थापन लगायत विषयमा सरकारले थप ध्यान पुर्‍याउन निर्देशन समेत दिनुभयो ।
 
आयोगले ओमिक्रोनको सङ्क्रमण तीव्रगतिमा फैलिइरहेको हुँदा नियन्त्रणका लागि सरकारबाट भइरहेको तयारी र प्रयासका सम्बन्धमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र सहसचिवसँग छलफल गरेको हो । सरकारको योजना, अस्पतालको क्षमता, सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर प्रणाली, बुस्टर डोज र बालबालिकालाई दिइने खोपमा पहुँच, अत्यावश्यक वस्तुमा सर्वसाधारणको सहज पहुँच, औषधिको कृत्रिम अभाव हुन नदिने जस्ता विषयमा छलफल भएको थियो ।
 
तेस्रो मुलुकबाट नेपाल प्रवेश गरेका व्यक्तिको सेल्फक्वारेन्टिइन तथा अनुगमन व्यवस्था, सीमा क्षेत्र तथा स्थानीय तहमा सञ्चालनमा रहेको होल्डिङ सेन्टर, क्वारेन्टाइन तथा आइसोलेशन केन्द्रको अवस्था, सार्वजनिक सेवाको लागि खोप कार्ड अनिवार्य गर्ने व्यवस्थाले सेवाग्राहीको मानव अधिकारको उपभोगमा पर्ने असर तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रपङ्क्तिमा खटिने कर्मचारीको मनोबल उच्च राख्न उनीहरुले पाउनुपर्ने सेवासुविधाको उपलब्धता  विषयमा आयोगले जानकारी लिएको थियो ।

-रासस

प्रतिकृया दिनुहोस