नेपालमा थप २८ जनामा ओमिक्राेन पुष्टि
काठमाडाैं । नेपालमा थप २८ जनामा काेभिड-१९ काे नयाँ भेरियन्ट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा आइतबार साे जानकारी दिएकाे हाे । ३२ नमुनाको जीन सिक्वेन्सिङ गर्दा सबै २८ वटामा ओमिक्रोन र ४ वटामा डेल्टा भेरियन्ट पुष्टि भएकाे मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयाे ।
नेपालमा काेभिड-१९ संक्रमण बढ्दाे अवस्थामा रहेकाे उहाँले बताउनुभयाे । नेपालमा पछिल्लाे समय देखिएका संक्रमितमध्ये ८८ प्रतिशत संक्रमितमा ओमिक्राेन देखिएकाे पनि उहाँले जानकारी दिनुभयाे ।


प्रतिकृया दिनुहोस