केपी ओली दम्पतीलाई कोभिड सङ्क्रमण
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यलाई कोभिड सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार पीसीआर परीक्षण गर्दा उहाँहरूमा पोजेटिभ देखिएको सचिवालयले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उहाँहरू घरमै आराम गरिरहनु भएको छ ।
ओलीलाई कोभिड पोजेटिभ देखिएपछि आज हुने भनिएको एमालेको पत्रकार सम्मेलन स्थगित गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयाे । एमालेले प्रधानमन्त्रीको वक्तव्य, स्वास्थ्य, राजनीतिक, समसामयिक विषयमा आइतबार प्रेस विज्ञप्ति जारी गरी आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।


प्रतिकृया दिनुहोस