English

फिचर

टिभिएसका दीपक – ‘१३ वर्षमै स्कुटर र मोटर चलाउँथे’

sunrisekhabar

काठमाडौं । १३ वर्षकै उमेरमा दुई पांग्रे र चार पांग्रे सवारी साधन चलाउन सक्थे दीपक अग्रवाल । 

नेपालमा मात्र नभएर विश्वमै विख्यात छ मारवाडी परिवार उद्यम व्यवसायमा । मारवाडी परिवारका दीपकले पनि भविष्यमा उद्यम व्यवसाय नै अंगाल्ने निश्चित जस्तै थियो । पारिवारिक रेखदेखमा उनले उद्यम व्यवसायमै हात हाले । 

अहिले उनी प्रसिद्ध ब्राण्ड टिभिएसलाई नेपाली उपभोक्ताको हातमा पुराइरहेको जगदम्बा मोटर्सका भाइस प्रेसिडेण्ट छन् दीपक । 

१० वर्ष भयो उनी अटो व्यवसायमा लागेको । चार वर्षदेखि उनी टिभिएससँग गासिएका छन् । त्यसभन्दा पहिले उनी अरु ब्राण्डसँग आवद्ध थिए, खासगरी स्कोडासँग । 

टिभीएस ब्राण्डसँग आवद्ध भएपछि दंग छन् दीपक । ग्राहकले असाध्यै मन पराएको ब्राण्डलाई बजारमा पुराउन सजिलो पनि हुन्छ र त्यसले आत्मसन्तुष्टि पनि दिन्छ भन्छन् । 

उनको भनाई छ– महिलालाई सुहाउने देखि लिएर रेसिङ बाइकसम्ममा टिभीएस अग्रणी छ । सबै उमेर र वर्ग समूहका लागि सुहाउँदो बाइक टिभिएससँग छ । 

नेपालको सडकमा सफल र प्रभावशाली ब्राण्ड हो टिभिएस । यो ब्राण्डको यात्रा नेपालमा सुरु मात्र भएको ठान्छन् दीपक । उनको दावी छ– नेपालको सडकमा एकछत्र राज गर्ने सम्भावना बोकेको ब्राण्ड हो टिभिएस । 

‘टिभिएस चढ्ने ग्राहक सन्तुष्ट छन्, उनीहरुको विश्वाश टिभिएसले कसरी जितेको छ भन्ने मैले देखेको छु, त्यसैले नेपाली सडकमा भविष्य टिभिएसकै हो भन्ने बुझेको छु’– निर्धक्कसँग भन्छन् दीपक ।

‘नेपाललाई सुहाउने खालको भएकोले टिभिएसको अपार सम्भावना छ’– उनी भन्छन् । 

टिभिएसको विस्तार हुनुको अर्काे कारण हो सजिलै पार्टपुर्जा पाइनु । मर्मत खर्च पनि थोरै पर्छ भन्छन् दीपक । 

अटो क्षेत्रमा १० वर्षको यात्रा गरेका दीपक सानैदेखि अटोमोवाइल्समा रुची राख्थे, त्यही कारण यो व्यवसायमा रमाइरहेको छु भन्छन् । 

वीरगञ्जबाट औपचारिक शिक्षा हासिल गरेका दीपक भन्छन्– ‘मेरो प्यासन अटो क्षेत्र नै हो ।’ 

दिपक आफू चाहिँ कुन सवारी चढ्छन् ? उनले भने– ‘म त टिभिएसको स्कुटर चढ्छु ।’ 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत