• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

यी हुन्– ‘पल्सर बाबा’ 

प्रताप दुलाल

प्रताप दुलाल

काठमाडौं । नेपाली सडकको राजा बाइक हो– पल्सर । त्यो बाइक बजाजको हो । बजाज कति लोकप्रिय छ भने चार कक्षा पढ्ने छोराले दिपेशराज आचार्यलाई भन्ने गरेका छन्– ‘पल्सर बाबा ।’

नेपालको प्रतिष्ठित हंसराज एण्ड हुलासचन्द कम्पनी हो नेपालमा बजाज ब्राण्डलाई सडकमा विच्छ्याउने । यो कम्पनीको काठमाडौंको टेकुमा छ एउटा भव्य शोरुम । त्यसको म्यानेजर छन् दिपेश ।

‘बजाज अनि हंसराज–हुलासचन्दसँग गासिएर करिअर बनाउन पाउनु सौभाग्य हो’– उनी भन्छन् । 

रौतहटका हुन् दिपेश । उतै पढे, उतै बढे । एसएलसी पछि काठमाडौं पढे पिपुल्स क्याम्पसमा । १२ वर्ष अघि बजाजसँग गासिए । एउटै कम्पनी अनि एउटै शोरुममा उनले १२ वर्ष बिताइसकेका छन् । 

बजाजबाटै सुरु भयो दिपेशको अटो करिअर । ‘नेपालको नम्बर वन ब्राण्ड हो बजाज । हिमालदेखि पहाड तराई सर्वत्र छ बजाज’– दिपेश भन्छन् ।

युवाहरुको टिममा काम गर्न रुचाउँछन् दिपेश । युवाहरु सिक्न सक्छन् तर उमेर ढल्किएकाहरु सिकाउन मात्र सक्छन् तर सिक्न सक्दैनन् भन्ने धारणा छ दिपेशको । त्यसैले उनको टिममा पूरै युवा छ ।

‘म कर्मचारीबीच काम गर्दिन, परिवार बीच काम गर्छु, मेरो टिम मेरो परिवार हो’– दिपेश भन्छन् । 

अटो क्षेत्र, खासगरी दुई पांग्रेका विशेष अनुभवी दिपेशलाई अरु ठाँउबाट यो भन्दा राम्रो अवसर नआएको होइन । तर, उनलाई हंसराज–हुलासचन्द नै प्यारो छ, बजाज र पल्सर नै प्यारो छ । ठट्टा गर्दै भन्छन्– ‘म अरु कम्पनीमा गएँ भने मेरो ४ कक्षा पढ्ने छोरालाई मर्का पर्छ । उसले मलाई पल्सर बाबा भनेर बोलाउन पाउँदैन ।’

कम्पनीले दिएको सेवासुविधामा भन्दा पनि नेपालको नम्वर वान ब्राण्ड प्रति गर्व छ दिपेशलाई । बजाजको विशेषता वर्णन गर्दै दिपेश भन्छन्– ‘नेपालको कुना कन्दरादेखि सुगमदुर्गम जहाँ पनि बजाजको शोरुम र सर्विस सेन्टर छन् । डुल्न घुम्न कतै गएको बेला बजाजको शोरुम देख्दा मामाघर जस्तो लाग्छ ।’

दिपेश आफैंले चढ्ने चाहिँ एभेन्जर बाइक हो । यद्यपि उनले विगतमा दर्जनौं बाइक फेरेका छन् । बजाजका एनएस देखि टु ट्वान्टीसम्मका बाइक चलाए । एभेन्जरचाहिँ उनले परिवारसँग घुम्न जान पनि सजिलो हुन्छ भनेर हो । 

बजाज ब्राण्डका बारेमा दिपेशले रोचक ब्याख्या गरे । उनले भने– ‘बजाज हेर्न पार्किङ गरेको ठाउँमा हेर्नपर्छ । त्यहाँ विभिन्न ब्राण्डका बाइक हुन्छन् । अरु ब्राण्ड र बजाज ब्राण्डको फरक पार्किङको भीडमा देख्न सक्नुहुन्छ ।’

दिपेश चाहन्छन्– नेपालमै बाइक बनोस् । यसपटक नाडा अटो शोमा भारतबाट बाइक नआइपुगेर नयाँ बाइक लन्च गर्न नपाएकोमा खिन्न छन् । भन्छन्– ‘दशैंका बेला बजाजका नयाँ शानदार बाइकहरु बजारमा ल्याउँछौं ।’

र, ‘पल्सर बाबा’ यसो पनि भन्छन्– ‘बजाज भनेको बजाज नै हो ।’


 

प्रतिकृया दिनुहोस