• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अनिश भन्छन्– अब कियाले तहल्का मच्चाउने छ 

प्रताप दुलाल

प्रताप दुलाल

काठमाडौं । धादिङको कुरिनटारमा एउटा सानो स्टेशन बनाइएको छ । त्यो स्टेशन हो विद्य‍‌ुतीय मोटरलाई चार्ज गर्ने । यो स्टेशन खुलेसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको छ । नयाँ युग भनेको विद्य‍‌ुतीय मोटरको युग हो । 

यस्तै चार्जिङ स्टेशन महेन्द्र राजमार्गमा पर्ने महोत्तरीको वर्दिवासमा पनि खुल्दैछ । त्यसपछि काठमाडौंमा पनि खुल्नेछ । अनि, आउँदो नोभेम्बरमा भारतबाट किया ब्राण्डका विद्य‍‌ुतीय मोटर नेपाल आउन थाल्नेछ । 

त्यसपछि के हुन्छ ? उत्साही हुँदै कियाका असिष्टेन्ट जनरल मेनेजर अनिश लामिछानेले सनराइज खबरलाई भने– ‘कियाका जताततै चार्जिङ स्टेशन हुनेछ । कियाले तहल्का पिट्नेछ ।’

नेपालमा महंगो ब्राण्डको मोटर भनेर चिनिएको कियाले विद्य‍‌ुतीय मोटरमा ठूलो फड्को मार्ने प्रयास गरिरहेको छ । 

अनिश भन्छन्– ‘हाम्रा विद्य‍‌ुतीय मोटरहरुको राम्रो विक्री भइरहेको छ । चार्जिङ स्टेशनहरु बनिसकेपछि तथा भारतमा उत्पादन भएको किया पनि भित्रन थालेपछि नेपालको अटोमोवाइल क्षेत्रले कोल्टे फर्नेछ, नयाँ युगमा प्रवेश गर्नेछ ।


अनिशले पेट्रोलियम युगको मोटर देखे, अझै देखिरहेका छन् । तर, अब विद्य‍‌ुतीय युगमा प्रवेश गरेका छन् ।  काठमाडौंका रैथाने हुन् अनिश । विद्य‍‌ुतीय मोटर काठमाडौंको आवश्यकता हो भन्छन् । जागिर खान अटोमोवाइल क्षेत्रमा पसेका थिए । तर, अनिशका लागि अब अटो क्षेत्र जागिर मात्र रहेन, शौख पनि बन्यो । भन्छन्– ‘अब अटो क्षेत्र छाडेर अरु क्षेत्रमा लाग्छु जस्तो लाग्दैन ।’

अनिश भन्छन्– ‘विदेश बसेर उताको गाडी चढेर आएका र उताको जस्तै सुविधा सम्पन्न मोटर चढ्न मन पराउने र यताको चलनचल्तीको ब्राण्डका मोटरको सौख पूरा गरिसकेकाहरुका लागि हो
किया मोटर ।’

अनिश अहिले पेट्रोल कार चढिरहेका छन् तर उनको हातमा भविष्यमा अर्कै स्टेयरिङ हुनेछ । जुन मोटर पेट्रोलबाट नभएर विद्य‍‌ुतबाट चल्नेछ । भन्छन्– ‘भविष्य इलेक्ट्रिक मोटरकै हो ।’

प्यासन र ग्ल्यामरको क्षेत्र हो, अटोमोवाइल्स । कियाले त्यसको लिड गरेको छ भन्छन् अनिश । र, यो क्षेत्रमा युवाहरु आएको देख्दा उनी उत्साही छन् ।

उनको विश्वास छ– ‘कियाले नेपाली बजार तताइरहेको छ । भविष्यमा अझ बढी तताउनेछ ।’


 

प्रतिकृया दिनुहोस