English

फिचर

 अटो क्षेत्रको ‘ग्ल्यामर’ ले तानिए ड्याटसनका ज्ञानेन्द्र 

sunrisekhabar

काठमाडौं । विगत १५ वर्षमा नेपालमा अटोमोवाइल क्षेत्रले ठूलो फड्को मारेको छ । ज्ञानेन्द्र चन्दले पनि लोभलाग्दो करिअर बनाएका छन् । मार्केटिङ एक्जेक्युटिभका रुपमा ज्ञानेन्द्रले अटोमोवाइल क्षेत्रमा प्रवेश गरेका थिए, अहिले असिष्टेन्ट जनरल मेनेजर छन् । 

सन् २०१४ मा ज्ञानेन्द्र पायोनियर मोटो कर्पमा भित्रिएका थिए । त्यही वर्ष पायोनियरले नेपालमा ड्याट्सन मोटर भित्राएको थियो । त्यसबेला नयाँ थियो ड्याट्सन ब्राण्ड । नयाँ ब्राण्डलाई बजारमा स्थापित गर्नु असाध्यै चुनौतीपूर्ण काम हो । त्यो चुनौतीलाई पार गर्दै ज्ञानेन्द्रको टिमले ड्याट्सनलाई नेपालमा स्थापित गरिसकेको छ ।

वैतडीका हुन् ज्ञानेन्द्र । वैतडीमै स्कुलको पढाइ सकेर काठमाडौं आए । उच्च शिक्षा सकेपछि उनी आवद्ध भए अटो क्षेत्रमा । 

ज्ञानेन्द्रको टिमले नेपाली सडकमा दुईटा ब्राण्डलाई एकसाथ स्थापित गरेको छ । एउटा हो– ड्याटसन । अर्काे हो– निसान । यी दुई ब्राण्डलाई सडकमा ओछ्याउन र देशभर फैलाउन पायोनियर टिमले ठूलो मेहेनत गरेको छ । 

ड्याट्सन र निसानको आधिकारिक विक्रेता हो पायोनियर । पायोनियर टिमको मेहेनत मुख्यत दुई काममा केन्द्रित रहँदै आएको छ । एउटा हो– ड्याट्सन र निसान उत्कृष्ट ब्राण्ड मात्र नभएर उत्कृष्ट प्रविधियुक्त मोटर पनि हो भनी ग्राहकलाई बुझाउनु । अर्काे हो– ग्राहकको निरन्तर विश्वाश जित्नु । यी दुवै काममा ज्ञानेन्द्र निपुण छन्, टिमको नेतृत्व गर्न सक्षम छन् । त्यसैले १५ वर्षमा आठ तह माथि उठे ।

यहाँनेर एउटा कुरा रोचक छ । ज्ञानेन्द्र विज्ञानका विद्यार्थी थिए । आईएस्सीमा विज्ञान पढे । त्यसबेलासम्म उनी मार्केटिङको दुनियाँमा लाग्ने खासै लक्षण थिएन । तर, स्नातक र स्नातकोत्तर चाहिँ उनले विज्ञान पढेनन् । बीबीएस र एमबीएस गरे ।

यो १५ वर्षमा ज्ञानेन्द्र मात्र उठेका छैनन्, नेपालमा पायोनियर मोटर कर्पले पनि ठूलो उचाइ हासिल गरको छ । उता, ड्याट्सन् र निसानले पनि नेपाली ग्राहकको मन जितेको छ । उनी भन्छन्– ‘अटो क्षेत्रको ग्ल्यामरले आकर्षित भएँ, अब यही क्षेत्रमा जीवन बित्छ होला ।’

‘समय बितेको पत्तै भएन, यस क्षेत्रमा काम गरेको अस्ती जस्तो लाग्छ, १५ वर्ष बित्यो’– ज्ञानेन्द्र भन्छन् ।  

‘गाह्रो थियो सुरुमा’– उनी भन्छन्– ‘चुनौती प्रशस्तै थियो, नवप्रवेशी ब्राण्ड थियौं । इकोनोमी स्तरको इन्ट्री लेभल कारमा हामी बलियो प्रतिस्पर्धी थियौं । अहिले हामीले फड्को मारेका छौं ।’

पायोनियरले निसान ब्राण्डलाई चाहिँ सन् २०१७ मा मात्र भित्राएको हो । एउटा छाताभित्र दुईटा टप ब्राण्डको आनन्द र चुनौती दुवै भोगिरहेका छन् ज्ञानेन्द्रले ।

उनी कुन मोटर चढ्छन् ? निर्धक्क भन्छन्– ‘अहिले ड्याटसन गो चलाउँदैछु ।’ ड्याट्सन गोमा चढेर घुम्‍न जाँदा ज्ञानेन्द्रकी श्रीमती, छोरा र छोरी पनि रमाउँछन् ।



 

प्राप्त प्रतिक्रिया
तपाईँको मत