• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाल प्रहरीको ३५ एसएसपीको सरुवा, ललितपुरमा टेकप्रसाद राई (सूची सहित)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीका ३५ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा भएको छ । गृह मन्त्रालयको निर्णयअनुसार एसएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सरुवा सूची अनुसार ललितपुरमा टेकप्रसाद राई लाई ल्याइएको छ भने महानगरीय ट्राफिक महाशाखामा भिमप्रसाद ढकालको सरुवा भएको छ । 

त्यस्तै ललितपुरको प्रहरी प्रमुखको रुपमा कार्यरत रविन्द्रबहादुर धानुकलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौंमा यसअघि काज सरुवा भएका उत्तमराज सुवेदीको सोही स्थानमा दरबन्दी कायम भएको छ । 

प्रहरी प्रधान कार्यालयमा उमेश रञ्जितकार, संघीय प्रहरी ईकाई धनुषामा किशोर दाहाल र राष्ट्रिय सुरक्षा परिषद्मा गणेशबहादुर ऐरलाई सरुवा गरिएको छ । 

प्रदेश–३ तालिम केन्द्र दुधौलीमा सन्दिप भण्डारी, महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरमा राम कृपाल शाह, संघीय प्रहरी ईकाई कार्यालय रुपन्देहीमा मोहनकुमार आचार्य, संघीय प्रहरी इकाइ कार्यालय काभ्रेमा भोजजंग शाह र प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाहमा वसन्तबहादुर कुँवरलाई सरुवा गरिएको छ । 

डा. देव बहादुर बोहरालाई प्रहरी प्रधान कार्यालयको आतंकवाद नियन्त्रण महाशाखा, दिलिप कुमार चौधरीलाई प्रहरी हेडक्वार्टरको अअ विभाग वैदेशिक महाशाखा, दिवेश लोहनीलाई गण्डकी प्रदेश तालिम केन्द्र पोखरा सरुवा गरिएको छ । 

यस्तै धिरजप्रताप सिंहलाई प्रहरी प्रधान कार्यालयको भर्ना छनोट महाशाखामा सरुवा गरिएको छ भने टेकबहादुर तामाङलाई प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, डा. गणेश रेग्मीलाई वुटवल तालिम केन्द्र र पुरुषोत्तम कँडेललाई प्रदेश–१ प्रहरी तालिम केन्द्र मोरङमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

""

""

""

""


 

 

प्रतिकृया दिनुहोस