• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रचण्डले गरे अमेरिकी सरकारका प्रतिनिधिसँग भेटवार्ता

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । अमेरिकामा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष्य पुष्पकल दाहाल प्रचण्डले अमेरिकी सरकारका एक प्रतिनिधिसँग भेटेका छन् । उनले अमेरिकामा राजनीतिक भेटाघाट हुनसक्ने जानकारी अमेरिका भ्रमणमा जान लाग्दा नेपालमै दिइसकेका थिए । 

अध्यक्ष प्रचण्डले अमेरिकी सरकारको दक्षिण तथा मध्य एसिया मामिला हेर्ने विभागका कार्यकारी सहायक सचिव एलिस जी वेल्ससँग सोमबार भेटेका हुन् । 

प्रचण्डको सो भेटको जानकारी प्रचण्डकी छोरी गंगा दाहालले फेसबुकमा सार्वजनिक गरेकी थिइन् । त्यसको केही बेरमा प्रचण्डको फेसबुक पेजमा पनि सोही फोटो र जानकारी सार्वजनिक गरिएको थियो । 

प्रचण्डले भेट गरेको सहायक सचिव संलग्न विभागले श्रीलंका, भारत बंगलादेश, नेपाल लगायत मुलुकसँग अमेरिकाको सम्बन्ध परिचालन गर्छ ।

पत्नी सीताको उपचारको लागि अमेरिका पुगेका प्रचण्डले त्यस तर्फ जाने क्रममा आठदस दिन अमेरिका रहने बताएका थिए ।

प्रतिकृया दिनुहोस