• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाल प्रहरीका ५० एसपीको सरुवा (सूची सहित)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीका ५० जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा भएको छ ।  प्रहरी महानिरीक्षकको निर्णय अनुसार एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

विशेष ब्युराेका कमल थापालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सरुवा गरिएकाे छ । त्यसैगरी प्रहरी प्रधान कार्यालय नक्सालका अबि नारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

अख्तियार दुरुपयाेग अनुसन्धान अ‍ायाेगमा रहेका हेम कुमार थापालाई जिप्रका रुपन्देही सरुवा गरिएकाे छ । अख्तियारमा जिप्रका बाराका सानुराम भट्टराईलाई ल्याइएकाे छ ।

त्यस्तै महानगरीय दंगा नियन्त्रण प्रहरी गणका एसपी दिल्लीराज पन्त जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लगिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापालाई प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय, प्रबन्ध शाखा नक्साल, काठमाडौंमा सरुवा गरिएको छ । 

सरुवा भएका एसपीहरुको भाद्र महिना देखिको तलब–भत्ता नयाँ दरबन्दी कायम भएअनुसार हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 

""

""

""

""

""

प्रतिकृया दिनुहोस