• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सुडान घोटाला: दुई बर्षदेखि फरार ठेकेदार शम्भु भारती पक्राउ 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । बहुचर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहरिएका र फरार रहेका ठेकेदार शम्भु भारती पक्राउ परेका छन् ।भारतीलाई शुक्रवार ललितपुरकाे भैंसेपाटीबाट पक्राउ गरिएकाे जानकारी केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) दिपक रेग्मीले सनराइज खबरलाई दिए । 

दुई बर्षअघि सुडान घोटाला प्रकरणको मुद्धा फैसला भएपछि उनी लुकेर बसेका थिए । लामो समयदेखि अमेरिका बस्दै आएका भारती करिब एक साताअघि काठमाडौं आएको सूचनाको आधारमा उनलाई ब्युरोको टोलीले निगरानी बढाएको थियो । 

सर्वोच्च अदालतले उनलाई १ बर्ष कैद र १४ करोड २० लाख रुपैयाँ जरिवाना तोकेको छ । फैसला कार्यान्वयनका लागि भारतीलाई सर्वोच्च अदालतमा बुझाउने ब्युराेले जनाएको छ । 

सुडानको डार्फरमा युएन मिशनमा खटिएको नेपाल प्रहरीकाे टाेलीलाई आवश्यक एपिसी खरिदको ठेक्का पाएका भारतीले तत्कालिन प्रहरी नेतृत्वसँग मिलेर कमसल सामान पठाएका थिए । डडेलधुरा घर भएका शम्भु भारतीय निर्माण कम्पनी अस्योर्ड रिस्क लिमिटेडका स्थानीय प्रतिनिधि र भगवती ट्रेडर्सका सञ्चालक थिए । 
 

प्रतिकृया दिनुहोस