महिन्द्रा : एउटा भारतीय ब्राण्डको नेपालमा रैथानेकरण
काठमाडौं । नेपालको माटो र बाटो सुहाउँदो गाडीको एउटा ब्राण्ड छ । त्यो ब्राण्ड हो– महिन्द्रा । भारतीय ब्राण्ड हो यो । तर, नेपाली जस्तै नाम भएकाले यो ब्राण्ड रैथानेकरण भएको छ । नामका कारण मात्र महिन्द्रा नेपालमा रैथानेकरण भएको होइन । ‘महिन्द्रालाई नेपालको लोकल ब्राण्ड भनिदिए पनि हुन्छ, नेपालीले असाध्यै मनपराएको र माया गरेको ब्राण्ड हो यो । महिन्द्राले नेपाल सुहाउँदो गाडी बनाउँछ’– सिजन न्यौपाने भन्छन् ।
सिजन महिन्द्राको मार्केटिङ हेर्छन् । साँढे चार वर्ष भयो उनी महिन्द्रासँग गाँसिएको । भन्छन्– ‘नेपालको सातै प्रदेशमा, ७७ वटै जिल्लामा तथा मोटर पुग्ने सम्पूर्ण गाउँ नगरमा महिन्द्रा छ । महिन्द्राले दैनिक लाखौं नेपालीको सेवा गरिरहेको छ ।’
महिन्द्राले नेपालको गाउँदेखि सहरसम्म राज गर्नुको कारण हो– यो नेपाली माटो र बाटो सुहाउँदो छ । यो भारतीय ब्राण्डले भारतको सडकलाई लक्षित गरेर मोटर बनाएको छ । भारत र नेपालको हावापानी तथा सडकको स्तर उस्तैउस्तै छ, त्यसैले महिन्द्राका मोटर नेपालमा पनि लोकप्रिय भए ।
सिजन यो लोकप्रिय ब्राण्डसँग सिजन गासिन आइपुगे वेलायतबाट फर्किएपछि । कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फरमेसन टेक्नोलोजी कलेजमा बीआईएम पढ्थे । उनी सडकमा सर्वत्र महिन्द्राका मोटर देख्थे । महिन्द्रा ब्राण्ड चिनेका थिए, यो ब्राण्डले नेपाली मन जितेको पनि देखेका थिए । तर, यो ब्राण्डसँग गासिन आइपुग्छु भन्ने उनलाई लागेको थिएन ।
बीआईएम सकेर वेलायतमा उच्च शिक्षा हासिल गरेर फर्किएपछि सिजनले महिन्द्रको मार्केटिङमा काम गर्ने अवसर पाए । त्यसपछि उनी निरन्तर महिन्द्राको मार्केटिङमा छन् ।
‘महिन्द्रा ब्राण्ड नेपालमा सुहाउने खालको छ । भारतीय गाडी भएकोले पनि नेपाली बाटो सुहाएको हो जस्तो लाग्छ’– भन्छन् सिजन ।
सुरुमा अटो क्षेत्र प्रति उनको लगाव र रुची खासै थिएन । तर, महिन्द्रासँग गासिन पाएपछि सिजनको रुची फेरियो । पहिले अटो क्षेत्रप्रति विशेष आकर्षण नभएपनि अहिले यसमा भिजेको बताउँछन् ।
नाडा अटो शो २०१९ मा महिन्द्राको स्टलमा झुम्मिएका ग्राहकहरुबीच घेरिएका सिजनले भने– ‘भरखरै हामीले नेपालमा एक्सयूभी ३३ लन्च गरेका छौं । यसमा तपाईंले अन्तर्राष्ट्रिय स्तरको लक्जरी र अनुभव पाउन सक्नुहुन्छ ।’ महिन्द्राकाे स्टलकाे भित्तामा लेखिएकाे छ- ‘जहाँ–जहाँ जानुस् महिन्द्रा चढी, सेवा पाउनुहुन्छ देशै भरी’ ।
स्कर्पियो सबैभन्दा चलेको मोटर भएको बताउँदै उनी भन्छन्– ‘स्कर्पियोले नेपाली ग्राहकलाई पूर्ण सन्तुष्टि दिएको छ ।’
काठमाडौंका रैथाने हुन् सिजन । बाग्मती बोर्डिङ स्कुल पढेका सिजनले सधैं काठमाडौंको राम्रो सडक मात्र देखेका थिए । काठमाडौंको सडकमा गुड्ने तेस्रो मुलुकका मोटरमा मात्र उनको आँखा पुग्थ्यो । तर, महिन्द्रासँग गासिएपछि नेपालको सडकको अवस्था कस्तो छ र महिन्द्रा ब्राण्डले ती सडकमा आफूलाई कसरी फिट गरेको छ भन्ने पनि थाहा पाए ।
महिन्द्राले नेपालमा राज गर्नुको अर्काे पनि कारण छ । त्यो हो– विक्रीपछिको सेवासुविधा । महिन्द्राका मोटर किन्नेले भविष्यमा मोटर बिग्रिएमा के गर्ने भन्ने चिन्तामा डुब्न पर्दैन । महिन्द्राले विक्रीपछिको सेवासुविधामा पनि आफूलाई अब्बल सावित गरेको छ ।
सिजन भन्छन्– ‘अब अटो सेक्टरमै आफूलाई निरन्तरता दिन्छु ।’



प्रतिकृया दिनुहोस