• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एलेक्सेस सान्चेज इन्टर मिलान जाने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । इन्टर मिलानले म्यानचेस्टर युनाईटेडका फरवार्ड एलेक्सेस सान्चेजलाई अनुबन्ध गर्ने भएको छ । इन्टरले सान्चेजलाई लोनमा क्बल भित्र्याउन लागेको हो ।

इन्टरका प्रमुख एन्टोनिया कोन्टेले आगामी विन्डो अघि  सान्चेजलाई अनुबन्ध गर्ने बताएका छन् ।

आगामी सोमबार युरोपियन खेलाडी किनबेचको विन्डो बन्द हुने बताइएको छ ।

यो सिजनको अन्तिममा सान्चेजलाई इन्टरले औपचारिक रुपमा खरिद गर्ने जनाएको छ ।

२०१८ मा आर्सनलबाट युनाइटेडमा अनुबन्ध भएका सान्चेजले ४५ खेलमा पाँच गोलमात्र गरेका थिए । युनाइटेडमा सान्चेज सर्वाधिक कमाउने खेलाडी थिए । 

इन्टर मिलानले यसै सिजन युनाइटेडबाट अर्का स्ट्राइकर रोमेलु लुकाकुलाई ८० मिलियन युरोमा अनुबन्ध गरेको थियो । लुकाकुले डेब्यू खेलमै गोल गर्न सफल भएका छन् ।


 

प्रतिकृया दिनुहोस