• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नेपाल टेलिकमको इन्टरनेट अब प्रति एमबी तीन पैसा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल टेलिकमले थप सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरको इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।  

यो प्याकेज २४ घण्टाको लागि हुने नेपाल टेलिकमले जानकारी दिएको छ । 

यो सुविधा लिनका लागि 1D1G लेखेर १४१५ मा सन्देश पठाउनु पर्छ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने छ । यसका लागि करसहित ४५ रुपैयाँ लाग्छ । यस छुट योजनामा प्रति एमबी डाटाको मुल्य करसहित ४ रुपैंया पचास पैसा लाग्दछ । 

यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ । यो सेवा हासिल गर्न 7D7G लेखेर १४१५ मा सन्देश पठाउनु पर्छ । यसमा सात दिनसम्म प्रतिदिन एक जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३ रुपैंया पचास पैसा लाग्छ । 

नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ । यस प्याकेजमा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ । यो सुविधा प्रयोग गर्नका निम्ति  28D28G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ ।
 
नेपाल टेलिकमको वेबसाइटबाट पनि डाटा र यसको शुल्कबारे विस्तृत जानकारी लिन सकिन्छ । कम्पनीको एपबाट पनि यस सम्बन्धी जानकारी प्राप्त गर्न र प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । 

  

प्रतिकृया दिनुहोस