• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

फ्रेन्च लिग वन : पीएसजीको लगातार दोस्रो जित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । पेरीस सेन्ट जर्मेनले फ्रेन्च लिग वन फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । आइतबार राति भएको खेलमा पीएसजीले टोलोउसलाई ४–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीको जिताउन चोउपा मोटिङले दुई गोल गरे भने  र्माक्विनोसले एक गोल थपे  । एक गोल भने पीएसजीले उपहार पाएको थियो ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफमा पीएसजीले गोल गर्यो । ५० औं मिनेटमा मोटिङले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५५ औं मिनेटमा टोलोउसका गोन्साल्भेसले आफ्नै पोष्टमा गरे । त्यसपछि पीएसजीले  २–० को अग्रता लियो ।

७५ औं मिनेटमा फेरी मोटीङले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । त्यसैगरी ८३ औं मिनेटमा र्माक्विनोसले गोल गर्दै पीएसजीलाई ४–० को जित दिलाए । 

गएरातिको खेलमा पीएसजीले आफ्ना स्टार खेलाडी नेयमारलाई बेन्चमा राखेको थियो । जितपछि पीएसजीले २ खेलबाट ६ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस