• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

रियल मड्रिड भालाडोलिडसँग बराबरीमा रोकियो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बराबरी खेलेको छ । शनिबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले रियल भालाडोलिडसँग १–१ गोलको बराबरीमा खेलेको हो ।

खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । 

खेलको ८२ औं मिनेटमा मड्रिडका करिम बेन्जेमाले गोल गरे । रियलले अग्रता लियो ।

तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा रियल भालाडोलिडका सर्जी गार्डीओलाले गोल गरे । खेल बराबरीमा पुग्यो ।

त्यसपछि मड्रिड अंक बाढ्न वाध्य भयो ।

बराबरीसँगै रियलले दुई खेलबाट ४ अंक जोडेको छ । उ अंक तालिकाको दोस्रो स्थानमा छ ।

समान खेलबाट ४ अंक जोडेको भालाडोलिड तेस्रो स्थानमा छ ।

यसअघि गत शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई ३–१ ले पराजित  गरेको थियो ।

प्रतिकृया दिनुहोस