• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

बम विस्फोटको आरोपमा तीन पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश (५) प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालको घर र गाडीमा बम विष्फोट गराएको अभियोगमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ५० बर्षीय बिक्रम यादव, ४३ बर्षीय रुदल यादव र ६३ बर्षीय विष्णुप्रसाद तिवारी (मुकेश) रहेका छन् । पक्राउ परेका तीनैजना विप्लव समूहसँग आबद्ध रहेको खुलेको छ । 

गत साउन ३१ गते राति रुपन्देही सैनामैना नगरपालिका (८) स्थित ढकालको निवासमा बम विष्फोट र आगजनी भएको थियो । 
रुपन्देहीको एनसेल टावरमा साउन १५ गते आगजनी र बम विष्फोटमा समेत उनीहरु संलग्न रहेको अभियोगमा मुद्धा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस