• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

व्हात्तै बढ्यो खसीको मासुको मोल, किलोको बाह्र सय रुपैयाँ 

विकास अधिकारी

विकास अधिकारी

काठमाडौं । उपत्यकामा आजबाट खसीको मासुको मूल्य आश्चर्यजनक तरिकाले बढाइएको छ । आजबाट खसीको मासु प्रतिकेजी एक हजार दुई सय रुपैयाँ भएको छ ।

उपत्यकामा खसीको मासुको मूल्य नौ सय देखि एक हजार रुपैयाँ किलो थियो । 

चाबहिलमा खसीको मासु किन्न पसल पुगेका तिर्थ प्रजापतीले सनराइज खबरसँग भने–  ‘मासु किलोको बाह्र सय रुपैयाँ भनेर  भितामा सूचना टासिएको देखेपछि फनक्क फर्किएर आएँ ।’

किन अचानक मासुको भाउ बढ्यो ? एक मासु पसल सञ्चालकका अनुसार काठमाडौंमा खसीको आपूर्ति मुख्यगरी भारतबाट हुन्छ । दुई सातादेखि काठमाडौंमा भारतीय खसी आयात नहुँदा अभाव भएको छ । त्यसैले मासुको मूल्य बढेको हो । 

मासुको मूल्य कुनै निकाय या संस्थाले बढाएको होइन । मासु पसल सञ्चालकहरुले नै आपसी सल्लाहमा बढाएका हुन् । 
 

प्रतिकृया दिनुहोस