• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

भिडियो वार्तामार्फत अनुभव साटे संघीय र प्रदेश संसद्का उपसभामुखले‍

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय संसद् र प्रदेश संसद्का उपसभामुखबीच संवादको सुरुआत भएको छ । 

मंगलबार संसद् सचिवालयमा प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले सातै प्रदेशका उपसभामुखसँग भिडियो कन्फरेन्स गरे ।

नेपालको संविधानमा संघीय संसद् र प्रदेश संसद् प्रशासनिक र सञ्चालनका हिसाबले स्वतन्त्र र स्वायत्त छन् । हाम्रो संसदीय अभ्यासमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अभ्यास र अनुभव भए पनि प्रदेश संसद सञ्चालनको अनुभव छैन ।

औपचारिक रुपमा अन्तरसम्बन्ध नभए पनि उपसभामुख र उपाध्यक्षले प्रदेश संसद्का उपसभामुखसँग निरन्तर संवाद गर्दै आएका छन् । प्रतिनिधि सभाकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले  भौगोलिक रुपमा दूरी र समय अभावका कारण निरन्तर संवाद हुन नसकेको अवस्थामा भिडियो कन्फरन्सले संवाद सहज बनाउने विश्वास व्यक्त गरिन् । 

संघीय संसद् सचिवालयले केन्द्र र प्रदेश तहका संसद्बीच सहकार्य र समन्वय गर्ने उद्देश्यले २०७५ साल भदौ ३ गते पहिलोपटक काठमाडौंमा उपाध्यक्षहरुको भेला गरेको थियो । त्यसपछि ३ नम्बर प्रदेश सभाले चितवनमा २०७५ साल मंसिर २९ गते अन्तरप्रदेश सभा अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

यस प्रकारको संवादले प्रदेश सभा सञ्चालनमा संघीय संसद्को अनुभवले सहयोग पुग्ने प्रदेश सभाका उपसभामुखहरुले विश्वास व्यक्त गरे । 
 

प्रतिकृया दिनुहोस