एभिसी सेन्ट्रल जोन भलिबल : नेपालले आज माल्दिभ्ससँग खेल्दै
काठमाडौं । एभिसी सेन्ट्रल जोन पुरुष भलिबल अन्तर्गत बुधबार घरेलु टोली नेपालले माल्दिभ्ससँग खेल्दै छ । खेल ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा साँझ पाँच बजे सुरु हुनेछ ।
समूहको पहिलो खेल हारेको नेपाललाई सेमिफाइनल पुग्न माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ ।
समुह ए को पहिलो खेलमा नेपाल र माल्दिभ्स किर्गिस्तानसँग पराजित भएका थिए । त्यसैले दुबै टोलीलाई अन्तिम ४ मा पुग्न आज जित्नै पर्ने छ ।
नेपाल पहिलो खेलमा किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । किर्गिस्तानले र माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा पुगीसकेको छ ।
आजै अरु दुई खेल पनि हुँदैछन् । समूह ‘बी’ अन्तर्गत उज्वेकिस्तान र अफगानिस्तानबीचको खेल ३ बजेदेखि सुरु हुनेछ । बुधबारकै तेस्रो खेलमा साँझ ७ बजे साबिक विजेता तुर्कमेनिस्तान र बंगलादेश भिड्ने छन् ।


प्रतिकृया दिनुहोस