म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग बराबरीमा रोकियो
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्सले बराबरी खेलेका छन् ।
वुल्भरह्याम्पटनको मैदानमा सोमबार राति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलमा म्यानुले अग्रता लिएको थियो । खेलको २७ औं मिनेटमा एन्टोनियो मार्टियलले पहिलो गोल गर्दै म्यान्चेस्टर युनाईटेडलाई अग्रता दिलाएका थिए ।
५५ औं मिनेटमा वुल्भरह्याम्पटनका रुबेन नेभेसले एक गोल गरे र खेल बराबरीमा ल्याए ।
म्यानुले खेलको दोस्रो हाफमा पाएको पेनाल्टीको सदुपयोग गर्न सकेन् । पाउल पोग्बाले पेनाल्टी खेर फाले । खेलमा युनाइटेडले गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा अंक बाढ्न वाध्य भयो ।
नयाँ सिजनको पहिलो खेलमा म्याचेस्टर युनाइेटडले चेल्सीलाई ४–० ले हराएको थियो । युनाइेटडले दुई खेलमा चार अंक बनाएको छ ।
वुल्भरह्याम्पटनको भने दुईवटै खेल बराबरी खेलेको छ । पहिलो खेलमा उसले लेष्टर सिटीसँग गोलरहित बराबरी खेलेको थिया


प्रतिकृया दिनुहोस