• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एभीसी सेन्ट्रल जोन भलिबल : तुर्कमेनिस्तानको विजयी सुरुआत

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । पाँचौं संस्करणको एभीसी सेन्ट्रल जोन मेन्स भलिबलमा तुर्कमेनिस्तानले विजयी सुरुआत गरेको छ । सोमबार आर्मी कभर्ड हल लगनखेलमा भएको पहिलो खेलमा अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै तुर्कमेनिस्तानले विजयी सुरुआत गरेको हो । तुर्कमेनिस्तान साविक विजेता पनि हो

खेलको पहिलो सेटमा टाइब्रेकरमा तुर्कमेनिस्तानले ३२-३२ को अग्रता लिएको थियो । दोस्रो सेटमा अफगानिस्तानले उत्कृष्ट पुनरागमन गर्दै २५-१६ ले सेट आफ्नो पक्षमा पार्‍याे ।

तेस्रो सेट तुर्कमेनिस्तानले टाइ ब्रेकरमा २७-२५ ले जित्दै २-१ को अग्रता बनायो । चौथो सेट पनि टाइ ब्रेकरमै २६-२४ ले आफ्नो पक्षमा पार्दै तुर्कमेनिस्तान विजयी भयो ।

आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले पहिलो खेलमा किर्गिस्तानको सामना गर्दै छ । यी दुई टोलीबीचको  खेल  अपरान्ह ४ बजे सुरु हुने छ । 

प्रतियोगिता अघि नेपालले अफगानिस्तानविरुद्धको २ मैत्रीपूर्ण खेल जितेको थियो ।

नेपाल र किर्गिस्तानबीचको खेल अघि दिउँसो २ बजे प्रतियोगिताको उद्घाटन समारोह हुँदै छ ।

आजै तेस्रो खेल पनि हुँदै छ । साँझ ६ बजे बंगलादेश र उज्वेकिस्तान आमनेसामने हुने छन् ।
 
प्रतियोगितामा नेपाल ‘समूह ए’ मा छ ।  समूह एमा नेपालसहित किर्गिस्तान र माल्दिभ्स छन् । त्यस्तै, ‘समूह बी’ मा तुर्कमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् ।

प्रतियोगितामा ७ गतेसम्म चल्ने बताइएको छ  ।
 

 

प्रतिकृया दिनुहोस