• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

इंग्लिस प्रिमियर लिग : चेल्सी लेस्टर सिटीसँग बराबरीमा रोकियो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । इंग्लिस  प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीसँग एक एक गोलको बराबरी खेलेको छ । आइतबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा  अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाड्न वाध्य भयो ।

खेलको सातौं मिनेटमै मेसन माउन्टको गोलमा चेल्सीले अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफमा दुवै टोलीले गर्न सकेनन् ।

त्यसपछि दोस्रो हाफमा लेष्टरका विल्फ्रेड एन्डीडीले गोल गरे । ६७ औं मिनेटमा गोल गर्दै उनले खेल बराबरीमा ल्याए । त्यसपछि बाँकी समयममा दुवै टोलीले गर्न सकेनन्  र अंक बाडे ।

चेल्सीले गत साता सिजनको पहिलो खेलमा म्यान्चेस्टर युनाईटेडसँग ४–० को हार व्यहोरेको थियो  ।

यसैगरी अर्को खेलमा शेफील्ड युनाईटेड विजयी भएको छ । यसै सिजनमा प्रिमियर डिभिजनमा बढुवा भएको शेफिल्डले आइतबार राती भएको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

इंग्लिस  प्रिमियर लिग फुटबलमा सोमबार म्यान्चेस्टर युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्ससँग बीच प्रतिष्पर्धा हुने छ ।

प्रतिकृया दिनुहोस