फुटबल र भलिबलमा अघि लाग्यो आयोजक छथर
तेह्रथुम । भदौरे मेला र यहाँ आयोजित खेलकुद कार्यक्रमले तेह्रथुमको छथर गाउपालिकामा अहिले उत्साहजनक वातावरण बनेको छ ।
यस क्षेत्रमा भलिबल खासै रुचाइएको खेल हैन, तर पछिल्लो समयमा यो खेलले छथर गाउँपालिकाको प्रतिनिधित्व गरेका छ ।
अन्य खेलको तुलनामा समग्र नेपालमा नै दर्शकको पहिलो रोजाइमा नपर्ने यो खेलले छथर गापामा प्रशस्तै दर्शक पाएको छ । यतिबेला भलिबल हेर्ने दर्शकको संख्या करिब ५ हजारको हाराहारीमा रहेको छ । त्यस्तै ब्याडमिन्टन र फुटबलले पनि उत्तिकै दर्शक पाएको छ । यो सबै हेर्दा अहिलेका स्थानिय निकाएले खेल्कुदलाई प्राथमिकता दिनु पर्ने देखिएको छ ।
छथरको उत्साहजनक यस मेलामा पर्यटन बृद्धिसँगै व्यापार पनि बढिरहेको स्थानिय व्यापारी कमल कटुवालले बताए ।
साँस्कृतिक कार्यक्रमको रमझमका साथ आज कुल पाँच भलिबलका खेल भएका छन् । जसमा हतुवागडी गापा भोजपुर , फेदाप गापा तेह्रथुम, सागुरी गढि गापा धनकुटा, आमचोक गापा भोजपुर बेलबारी नगरपालिका मोरङ दोश्रो चरणमा प्रबेश गरेका छन् ।
यस्तै ब्याडमिन्टनतर्फ लालिगुँरास नगरपालिका र छथर गापाका दुईदुई गरि कुल चार टोली सेमिफाइनल प्रवेश गरेका छन । भलिबल तर्फ पहिलो चरणको खेल सकेर भोलिनै दोश्रो चरणको खेलहरु संचालन गर्ने रत्नदेवी सेवा समाजका शुक्रबारेका सद्स्य नगेन्द्र भण्डारीले सनराइज खबरलाई जानकारी दिए ।
फुटबलतर्फ एफसी सन्सारे, एमडीवाईसी छथर, छथर गापा निलो , छथर गापा जोरपाटी १ दोस्रो चरणमा पुगेको छ ।


प्रतिकृया दिनुहोस