• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाली टोलीको घोषणा : विराज, किरण र रोहित अटाएनन् टोलीमा

तस्विर सौजन्यः एन्फा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । मलेसियाली टोली जोहार दारुल टा जीम फुटबल क्लब विरुद्ध खेल्ने २३ सदस्यीय फुटबल टोलीको घोषणा भएको छ । आगामी भदौ ९ मा हुने उक्त खेलको लागि शुक्रबार घोषित टोलीमा साबिकका कप्तान विराज महर्जन, गोलकिपर किरण चेम्जोङ र स्टार मिडफिल्डर रोहित चन्द अटाएका छैनन् ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी भदौ १९ गते कुवेत र २४ गते चाइनिज ताइपेइसँग खेल्ने तालिका रहेको छ । उक्त दुई महत्वपूर्ण खेलअघि तयारी गर्नको लागि प्रशिक्षक योहान कलिनले प्रमुख खेलाडी बिनाको टोली छनोट गरेका हुन् । 

गोलकिपर चेम्जोङ अहिले जापानमा छन् भने रोहितले इन्डोनेसियामा लिग खेलिरहेका छन् । भरत खवासले पनि हाल नेपालमा नभएकाले उनलाई टोलीमा समावेश गरिएको छैन । 
प्रमुख खेलाडीहरुलाई टोलीमा समावेश नगरेपनि विमल घर्तीमगर भने उपलब्ध भएका कारण टोलीमा परेको बताइएको छ ।
 

यस्तो छ नेपाली टोली  

फरवार्ड : विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
मिडफिल्डर :सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
डिफेन्डस : सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
गोलकिपर : विकेश कुथु, एलेन न्यौपाने, विशाल श्रेष्ठ


 

प्रतिकृया दिनुहोस