ला लीगाको पहिलो खेलमा बार्सिलोना पराजित
काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमै पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा एट्लेटिक बिल्बाओसँगको खेलमा १–० ले पराजित भएसँगै साबिक विजेताले लिगमा खराब सुरुवात गरेको छ । आफ्नो खेलजीवनको अन्तिम लिग खेलिरहेका ३८ वर्षिय अरिट्ज अड्डुरिजले एक्रोबेटिक शैलीमा गोल गर्दै बलियो बार्सालाई हारको स्वाद चखाए ।
पहिलो हाफमा बार्साको दबदबा कायम रहेपनि दुबै टोलीले कुनै गोल गर्न सकेनन् । बराबरी तर्फ उन्मुख खेलको ८९ औं मिनेटमा अरिट्जले शानदार गोल गर्दै घरेलु टोली बाल्बाओलाई जित दिलाए । लिगको पहिलो खेलमा बार्साले १० वर्षपछि हार व्योहोरेको बताइन्छ ।
साबिकका कप्तान लियोनल मेस्सी घाइते भइ खेल्न यो खेलमा खेल्न सकेका थिएनन् । त्यस्तै प्रमुख खेलाडी लुइस स्वारेज पनि खेलको क्रममा घाइते भइ मैदानबाट बाहिरिएका थिए ।
यस्तोमा बिल्बाओले सुनौलो अवसरको फाइदा उठाउँदै लिगमा सुखद सुरुवात गरेको छ ।


प्रतिकृया दिनुहोस