भलिबलमा आयोजक छथर विजयी, फुटबलमा पराजित
तेह्रथुम । भदौरे मेलाको अवसरमा छथर गाउँपालिकामा आयोजना भएको खेलकुद कार्यक्रम आजबाट सुरु भएको छ ।
मेलाको अवसरमा दिउँसो खेलकुद र साँझ साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तालिका रहेको आयोजकले जानकारी दिएका छन् ।
खेलकुद विधामा ब्याडमिन्टन, फुटबल र भलिबल रहेको पनि बताइएको छ ।
सोही क्रममा आज भएको पहिलो भलिबल खेलमा छथर गापा निलोले महालक्ष्मी नगरपालिका धनकुटालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । छथरले माहालक्ष्मीलाई २५–१९, २५–२० र २५–२० को सोझो सेटमा हराएको हो ।
यसअघि भलिबल खेलको उद्घाटन खेलमा छथर गाउँपालिकाको खेलकुद विकास समितिले कर्मचारीको टोलीलाई हराएको थियो ।
त्यस्तै फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा लालिगुँरास नगरपालिका, तेह्रथुमले छथर गाउपालिकालाई ट्राइब्रेकरमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । ब्याडमिन्टन खेल भने शनिबारबाट सुरु हुनेछ ।
भलिबल र फुटबलका बाँकी खेलहरु पनि भोलि बिहान ७ बजेदेखि सुरु हुने रत्नदेवि युवा सेवा समाजका उपाध्यक्ष गणेस खुलालले जानकारी दिए ।
मेलामा आउनेहरु यतिबेला खेलकुदका कार्यक्रम तथा साँस्कृतिक कार्यक्रममा रमाइरहेको आयोजकले जानकारी दिएका छन् । छथर गाउँपालिकामा आयोजना हुने भदौरे मेलामा आउँदा रमाइलो भएका सहभागिहरुले पनि बताइरहेका छन् ।


प्रतिकृया दिनुहोस