किशोरी बलात्कार गरेर फरार कलामदिन पक्राउ
काठमाडौं । सुनसरीको दुहबी नगरपालिका–९ सप्तरिया टोलमा किशोरीलाई बलात्कार गरेर फरार भएका कलाम भन्ने कलामदिन मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
३ वैशाखमा कलामदिनले १४ वर्षीया किशोरीलाई सप्तरिया टोलस्थित जंगलमा लगेर बलात्कार गरेर फरार भएका थिए ।
सप्तरीको गढी गाउँपालिका–१ मधेली बस्ने २६ वर्षीय कलामदिनलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उनलाई दुहबी नगरपालिकाको प्रास्टोकीबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस