भाडाका ट्याक्सीलाई एपमा जोडेका हौं : पठाओ
काठमाडौं । पठाओ नेपालले आफूहरुले ट्याक्सी सेवा सञ्चालन नगरेको बताएको छ ।
काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले ट्याक्सी सञ्चालन नगरेको भन्दै आमउपभोक्ता भ्रममा नपर्न आग्रह गरेको छ । पठाओ नेपालले आफूहरुले ट्याक्सी सञ्चालन नगरेको तर भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसनमार्फत् जोडेको जनाएको छ ।
पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले विभिन्न मिडियामा पठाओ नेपालले चारपांग्रे निजी सवारीसाधनमार्फत् सेवा सुरु गर्न लागेको भन्ने समाचार आएको भन्दै त्यसको पछि नलाग्न आग्रह गरे ।
पठाओको कार लाइट सेवाले ग्राहकसँग बढी पैसा लिएको भन्दै लागेको आरोपको खण्डन गरेको छ । कार लाइट सेवाअन्तर्गत बुकिङ चार्जका रुपमा सय रुपैयाँ लिएको जनाएको छ । ग्राहकलाई लिन गएको, ग्राहकको चाहना अनुसार प्रतीक्षा गरेको, इन्टरनेट र ट्राफिक जाम लगायतको खर्च त्यसमा जोडिएको पठायोले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस