जर्मन कपमा बायर्नको विजयी सुरुआत
काठमाडौं । साविक विजेता बायर्न म्युनिखले जर्मन कप फुटबलमा विजयी सुरुआत गरेको छ ।
सोमबार राति भएको खेलमा इनर्जी कटबसलाई ३–१ ले पराजित गर्दै बायर्नले विजयी सुरुवात गरेको हो । खेल कटबसको घरेलु मैदानमा भएको थियो ।
बायर्नलाई जिताउन लेवान्डोस्कीले दुई र किङ्सले कोमानले एक गोल गरे ।
कटबसका बरकान टाजले एक गोल फर्काए ।
बायर्नले पहिलो हाफमा १–० को अग्रता लिएको थियो खेलको ३२ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । ६५ औं मिनेटमा कोमानले अग्रता दोब्बर पारे । ८५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि बायर्न ३–० को अग्रता लियो ।
कटबसका लागि खेलको ९० औं मिनेटमा बरकानले गोल गरेपनि हार टार्न सकेनन् । त्यसपछि वायर्न ३–१ ले विजयी भयो ।
यसैबीच क्रोएसियाका इभान पेरिसिक जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।
.jpg)
३० वर्षीय लेफ्ट विङ्गर पेरिसिक लोनमा इन्टर मिलानबाट वार्यन म्युनिखमा आबद्ध भएका हुन् । बायर्नले पेरिसिकलाई लोनमा भित्र्याएको जनाएको छ ।
सन् २०१५ मा इन्टर मिलान आएका पेरिसिकले १६३ खेलमा ४० गोल गरेका छन् भने ३७ गोलका लागि पास मिलाइदिएका छन् ।


प्रतिकृया दिनुहोस