English

खेलकुद

ईपीएलको आगामी संस्करण फागुनमा, टेस्ट राष्ट्रका खेलाडी राख्‍नैपर्ने प्रावधान

sunrisekhabar

काठमाडौं । फ्रान्चाइज टी–२० प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आगामी संस्करण फागुनमा आयोजना हुने भएको छ । 

सोमबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता आगामी फागुन १७ देखि १ चैतसम्म हुने जानकारी आयोजक ईपीएल प्रालिले दिएको छ । 

यो सिजनको ईपीएलमा फ्रान्चाइज टोलीले टेस्ट राष्ट्रबाट आइकोनिक खेलाडी राख्नुपर्ने प्रावधान राखेको छ । यसले प्रतियोगिता थप रोमाञ्चक हुने आयोजकले विश्‍वाश राखेको बताएको छ । 

अहिले नै थुप्रै विदेशी खेलाडीहरुले ईपीएलमा खेल्ने पक्का भइसकेको आयोजकको दाबी छ । ती खेलाडीहरुको नाम भने खुलाइएको छैन । अघिल्लो सिजनको यस प्रतियोगितामा आयरल्याण्ड केभिन ओब्रायन, युएईका रोहन मुस्तफा र हङकङका बाबर हायात सामेल थिए । 

अघिल्लो वर्षको प्रतियोगितामा पुरस्कार राशी तथा व्यवस्थापनको विषयमा कप्तान पारस खड्का लगायतका खेलाडीहरुले असन्तोष जाहेर गरेका थिए । यो वर्ष त्यस्तो समस्या आउन नदिने खालको प्रतिबद्धता आयोजकबाट अहिलेसम्म आएको छैन । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत