चेल्सी विरुद्ध युनाइटेडको फराकिलो जित
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी म्यानचेस्टर युनाटेडसँग फराकिलो अन्तरले पराजित भएको छ ।
आइतबार घरेलु मैदानमा भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–० ले हराएको हो । युनाइटेडलाई जित दिलाउन मार्कस रासफोर्डले २, एन्थोनी मार्सियल र डानियल जेम्सले समान १ गोल गरे ।
रासफोर्डले पेनाल्टी गोलमार्फत युनाइटेडलाई अग्रता दिलाउँदा मार्सियलले ६५ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे । त्यसको दुई मिनेटपछि रासफोर्डले अर्को गोल गर्दा जेम्सले खेल सकिन ९ मिनेट अघि गोल गर्दै युनाइटेडको ४–० को अन्तरमा विजयी गराए ।


प्रतिकृया दिनुहोस