• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भक्तपुरमा मेला लाग्ने

रासस

रासस

चैत, ५ – 
नयाँ वर्ष २०७६ अब टाढा छैन । त्यहि नयाँ वर्षलाई मध्यनजर गर्दै औद्योगिक शान्ति संस्था र मध्यपुर ब्वाइज ब्याण्डले ‘पाँचौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला’ आयोजना गर्न लागेको छ । 
आयोजक संस्थाका अनुसार, आउँदो चैत २१ गतेदेखि वैशाख २ गतेसम्म आयोजना हुन लागेको उक्त औद्योगिक मेलाको मुख्य उद्देश्य, उपभोक्तालाई एकै थलोबाट सम्पुर्ण सामान उपलब्ध गराउने रहेको हो । 
मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्री, भाँडाकुँडा र पर्यटन प्रवर्धन गर्ने कक्ष रहने छ । मेलामा बिक्रि गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्मको छुटको व्यवस्था समेत गरिएको छ । 
यसका साथै मेलाका अन्य आकर्षणमा खुला भलिवल प्रतियोगिता र निःशुल्क स्वास्थ्य शिविर समेत रहेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा सञ्चालन गरिने मेलामा दुइ सय भन्दा बढि कक्ष रहनेछ । 


 

प्रतिकृया दिनुहोस