• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

लगानी सम्मेलनकालागी आवश्यक कानूनी व्यवस्था तयार भयो

रासस

रासस

काठमाडौं, ४ चैत –
‘प्रतिनिधिसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेसँगै आगामी लगानी सम्मेलनकालागी चाहिने आवश्यक कानूनी व्यवस्था तयार भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको दोश्रो बैठकमा उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो । 
राष्ट्रिय अर्थतन्त्रलाई बलियो तुल्याउन तथा स्वदेशी उत्पादनलाई बढाउन विदेशी लगानी गर्ने ध्येयका साथ सरकारले उक्त विधेयक ल्याएको भनेता पनि सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, भरतकुमार शाह र गगनकुमार थापाले भने केहि असन्तुष्टि व्यक्त गरेका थिए । 
पर्याप्त छलफल गरेर अघि बढ्नुपर्ने महत्वपूर्ण विधेयकलाई मौलिक हककै झझल्को दिने गरि हतारमा ल्याएर आवश्यक छलफल गर्न दिने पाटोमा सरकार र सदन चुकेको उनीहरुको धारणा थियो । 
विधेयकको प्रस्तावनासहित २७ बुँदामा ३२ संशोधन परेको थियो । यद्धपि छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले भने विधेयक पारित गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेका थिए । 


 

प्रतिकृया दिनुहोस