• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी र टोटनह्यामको विजयी सुरुआत

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले विजयी सुरुआत गरेको छ । नयाँ सिजनको पहिलो खेलमा शनिबार राति वेस्ट ह्याम युनाइटेडलाई ५–० ले हराउँदै म्यानचेस्टर सिटीले  लिगमा विजयी सुरुआत गरेको हो ।

म्यानचेस्टर सिटीलाई जिताउँन राहिम स्टर्लीङले ह्याट्रिक गरे । यसैगरी ग्याब्रीएल जिसस र सर्जियो अगुएरोले एक एक गोल थपे । खेलको पच्चिसौँ मिनेटमा सिटीका गाब्रियल जिससले गोल गरे ।

पहिलो हाफमा १–० अग्रता लिएको सिटीले एकाउन्नौँ मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि रहिम स्ट्रलिङले गोल गरे । ५३ औँ मिनेटमा फेरि जिससले गोल गरे पनि रेफ्रीले त्यो गोललाई मान्यता दिएनन् ।

त्यसपछि फेरि ५५औँ मिनेटमा रहिमले नै सिटीका लागि गोल गरे पनि त्यसलाई अफसाइड दिइयो ।

त्यसपछि  ७५औँ मिनेटमा सिटीले तेस्रो गोल गर्यो । उसका लागि रहिमले नै गोल गरे । त्यसैगरी ८६औँ मिनेटमा सिटीका लागि अगुइरोले पेनाल्टी मार्फत गोल गरे ।

त्यसैगरी खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा स्ट्रर्लिङले नै गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । त्यसपछि सिटी ५–० ले विजयी भयो । जितसँगै सिटीले ३ अंक जोडेको छ ।

गएराती नैं भएको अर्को खेलमा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई ३–१ ले हराउँदै लिगमा सुखद सुरुआत गरेको छ । टोटनह्यामका लागि ह्यारी केनले दुई र दोम्बेलेले एक गोल गरे । 

भिल्लाका जोन म्गाक्गीनले सुरुआती गोल गरेका थिए ।

प्रिमियर लिगका अन्य खेमा बर्न्लेले साउथह्याम्पटनलाई ३–० ले हराएको छ ।  त्यसैगरी ब्राईटनले वाट्फोर्डलाई ३–० ले नैं पराजित र्गयो ।

यसैगरी एभर्टन र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् । त्यसैगरी बर्नमाउथले शेफिल्ड युनाईटेडसँग १–१ गोलको बराबरीमा खेल्यो ।

प्रिमियर लिग फुटबलमा आइतबार तीन खेल हुँदै छन् ।

आर्सनल र न्युकासल युनाईटेड तथा लेष्टर सिटी र वुल्भरह्याम्पटन भिड्दा चेल्सीले म्यान्चेस्टर युनाईटेडसँग खेल्नेछ ।


 

प्रतिकृया दिनुहोस