• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

रामेछापमा निषेधाज्ञा एक हप्तालाई थपियो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापमा जारी निषेधाज्ञा एक हप्ता थप भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला स्तरीय कोडिभ–१९ सङ्कट ब्यवस्थाप केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोभिड संक्रमण जोखिम अझै कायम रहेको भन्दै एक हप्ता  निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जानकारी दिनुभयो ।

जिल्लमा आत्यावश्यक उपभोग्य सामाग्रीका पसल, निर्माण सामाग्री र पुस्तक पसल भने  बिहान पाँच बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी दैनिक बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म सेवा प्रवाह गर्न पाउने छ्न् ।  अत्यावश्यक सेवा बाहेकका अन्य क्षेत्र र कार्यालय बन्द नै रहने छन् ।

 

प्रतिकृया दिनुहोस