४१८७ संक्रमित निकाे भए,२७४५ जना थपिए
काठमाडाैं । नेपालमा काेभिड-१९ बाट संक्रमित हुनेकाे संख्या घट्दै गएकाे छ ।
गत २४ घण्टामा नेपालमा २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । ७ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ८१ जनामा र ५ हजार ८ सय ४१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा १ हजार ६४ जनामा काेभिड देखिएकाे हाे ।
गत २४ घण्टामा ४ हजार १ सय ८७ जना संक्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा काेभिडबाट मुक्त हुनेकाे संख्या ५ लाख ४० हजार ४ सय ३९ पुगेकाे छ । नेपालमा अहिले काेभिड निको हुने दर ८८ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले मंगलबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।
गत २४ घण्टामा ४१ जना संक्रमितकाे ज्यान गएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ८ हजार ५ सय ६ पुगेकाे छ ।


प्रतिकृया दिनुहोस